+
+
Shares

१ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १४:४०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूले बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको तथ्य माग गरेपछि १९ जेठको प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएको छ ।
  • बिना तथ्य बोलेको भए माफी माग्नुपर्ने विपक्षीको अडान रहे पनि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी सहमत नहुँदा बैठक प्रभावित भएको हो ।
  • बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

१९ जेठ, काठमाडौं । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन सकेको छैन ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।

तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार भएका छैनन् । परिणाममा दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन नसकेको हो ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

साथै, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने विषय पनि छ । जस अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

आजबाट नै राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने तयारी छ ।

तर, सभाको बैठक भने समयमै सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?