+
+
Shares

विदेशमा चलचित्र पत्रकार संघ विस्तार, ७ देशमा संयोजक तोकिए

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र पत्रकार संघ नेपालले विदेशमा संगठन विस्तार गर्दै विभिन्न ७ देशमा संयोजक तोकेको छ ।
  • विदेश च्याप्टरले नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रवर्द्धन, बजार विस्तार र सांस्कृतिक कूटनीतिको रूपमा काम गर्ने अध्यक्ष समीर बलामीले बताए ।
  • आगामी १ वर्षभित्र तोकिएका सबै देशमा च्याप्टर गठन सम्पन्न गर्ने लक्ष्य संघले लिएको छ ।

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले विदेशमा पनि संगठन विस्तार गरेको छ । कार्यसमिति बैठकले विदेशमा बसेर चलचित्र पत्रकारिता गर्दै आइरहेका पत्रकारमार्फत संगठन विस्तार गरेको हो ।

निर्णयअनुसार अमेरिकामा दाङ शाखाका संस्थापक अध्यक्ष किसन रेग्मी, क्यानडामा संघका पूर्वउपाध्यक्ष श्याम अर्याल, जापानमा पूर्वसचिव उत्तम गौडेल, युरोपमा मकवानपुर शाखाका पूर्वअध्यक्ष मणिराज गौतम, अष्ट्रेलियामा संघका सदस्य दीपेन्द्र घिमिरे, बेलायतमा सदस्य दिप्सन लुइँटेल र कतारमा कमल साउदलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

अध्यक्ष समीर बलामीका अनुसार पछिल्लो समय विदेशमा नेपाली चलचित्र, संगीत, साहित्यिक कार्यक्रम, कवि गोष्ठी तथा सांस्कृतिक प्रस्तुति उल्लेखनीय रूपमा बढ्दै गएका छन् । साथै, नेपाली फिल्मको छायांकन र अन्तर्राष्ट्रिय बजार विस्तार पनि विभिन्न देशमा सक्रिय रूपमा भइरहेको सन्दर्भमा यस्तो सञ्जाल आवश्यक बनेको उनले बताए ।

उनका अनुसार विदेश च्याप्टरले नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रवद्र्धन, बजार विस्तार, सहकार्य तथा सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा समेत काम गर्नेछ । यसले नेपाली चलचित्र पत्रकारितालाई विश्व मञ्चमा अझ प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

यसअघि दुबईमा वरिष्ठ चलचित्र पत्रकार कमल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय च्याप्टर गठन भइसकेको छ । महासचिव गोपिकृष्ण चापागाईका अनुसार संघले आगामी एक वर्षभित्र तोकिएका सबै देशहरूमा च्याप्टर गठन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?