+
+
Shares

चीनसँगको तनावबीच ताइवानले दक्षिण चीन सागरमा रोबोटिक कुकुर परिचालन गर्ने 

ताइवानलाई चीनले आफ्नो भूभाग दाबी गर्दै आएको सन्दर्भमा ताइवानले सम्भावित चिनियाँ आक्रमणलाई रोक्न आफ्नो सेनालाई आधुनिक बनाउँदै लगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताइवानको सरकारी स्वामित्वको सैन्य निकायले चीनसँगको विवादित टापुहरूको सुरक्षाका लागि तीनवटा रोबोट गस्ती कुकुर सार्वजनिक गरेको छ ।
  • अमेरिकी कम्पनी 'घोस्ट रोबोटिक्स' ले निर्माण गरेका यी रोबोट जासुसी, निगरानी र आक्रमण गर्ने तीनवटा संस्करणमा उपलब्ध छन् ।
  • ताइवानका मरिन्स र कोस्ट गार्डले दक्षिण चीन सागरका टापुहरूमा गस्तीका लागि यस्ता रोबोटको तत्काल आवश्यकता रहेको बताएका छन् ।

१९ जेठ, काठमाडौं । ताइवानको सैन्य हतियार विकास गर्ने सर्वोच्च निकायले मंगलबार तीनवटारोबोट प्याट्रोल डग सार्वजनिक गरेको छ। चीनसँग विवाद रहेको दक्षिण चीन सागरका टापुहरूमा सुरक्षा दिनका लागि यी रोबोटहरूको प्रयोग गर्न सकिने सैन्य अधिकारीहरूले बताएका छन्।

ताइवानलाई चीनले आफ्नो भूभाग दाबी गर्दै आएको सन्दर्भमा ताइवानले सम्भावित चिनियाँ आक्रमणलाई रोक्न आफ्नो सेनालाई आधुनिक बनाउँदै लगेको छ । जसमा ड्रोन र अत्याधुनिक प्रविधि मुख्य प्राथमिकतामा परेका छन्।

ताइवानको रक्षा मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सरकारी स्वामित्वको ‘नेसनल चुङ-सान इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी’ ले यी चारखुट्टे रोबोटिक कुकुरहरूको प्रदर्शन गरेको हो।

यी रोबोटहरू अमेरिकी सैन्य आपूर्ति कम्पनी ‘घोस्ट रोबोटिक्स’ ले निर्माण गरेका हुन्, जसमा ताइवानी संस्थाले आफ्नो घरेलु प्रविधि जडान गरेको छ। प्रदर्शन गरिएका रोबोटहरू जासुसी गर्ने, निगरानी राख्ने र आक्रमण गर्ने गरी तीनवटा फरक-फरक संस्करणमा उपलब्ध छन्। आक्रमण गर्ने संस्करणको रोबोटको पिठ्युँमा बन्दुक समेत जडान गरिएको छ।

संस्थाको मिसाइल तथा रकेट प्रणाली अनुसन्धान विभागका उपप्रमुख जेन कुओ-कुआङका अनुसार ताइवानी सेनाले यस्ता अत्याधुनिक उपकरणहरूको आवश्यकता महसुस गरे पनि हालसम्म औपचारिक खरिद आदेश भने दिइसकेको छैन।

तर, ताइवानका मरिन्स र कोस्ट गार्डले दक्षिण चीन सागरमा पर्ने स्प्राटली (नान्सा) र प्राटास (डोङसा) टापुहरूको तटीय क्षेत्रमा गस्ती र निरीक्षणका लागि यस्ता रोबोटहरूको तत्काल आवश्यकता रहेको बताएका छन्।

ती टापुहरूमा तटरक्षक बलबाहेक अन्य कुनै स्थानीय मानव बस्ती छैन। दक्षिण चीन सागरको ठुलो हिस्सामा चीन र ताइवान दुवैले आ-आफ्नो दाबी गर्दै आएका छन्।

सामान्यतया चिनियाँ सेनाले ताइवानको नियन्त्रणमा रहेको इतु अबा टापुमा अवरोध नगरे पनि रणनीतिक रूपमा महत्त्वपूर्ण प्राटास टापु नजिकै चिनियाँ कोस्ट गार्ड र ड्रोनहरूको गस्ती पछिल्लो समय निकै बढेको ताइवानले गुनासो गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?