+
+
Shares

राज्य संयन्त्रसँग ओलीको आग्रह– उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला

‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न आग्रह गरेका छन् ।
  • ओलीले राणा शासन र राजतन्त्र ढलेको स्मरण गर्दै भने, ‘यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न आग्रह गरेका छन् ।

‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ ओलीले भने । अहिलेको स्थिति धेरै नचल्ने उनले बताए ।

‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?