News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न ६ वटा विषयगत उपसमितिहरू गठन गरेको छ।
- गठित उपसमितिहरूमा परामर्श, स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि, सूचना र खेलकुद अध्ययन उपसमिति रहेका छन्।
- सबै उपसमितिको संयोजनको जिम्मेवारी समितिकी सभापति डा. ओजश्वी शेरचन स्वयम्ले गर्ने व्यवस्था रहेको छ।
२० जेठ, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धि अध्ययन उपसमिति विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको हो ।
जस अन्तर्गत समिति परामर्श तथा समन्वय उपसमितिमा सासदहरू डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहेको भएको समितिकी सभापति डा. ओजश्वी शेरचनले जानकारी दिइन् ।
‘प्रतिनिधि सभा नियमावली अनुसार उपसमितिहरू गठन गरिएको हो । सबै उपसमिति समितिका सभापतिको मातहतमा रहनेछन्,’ उनले भनिन् ।
त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, प्राडा चन्द्रमोहन यादव, डा. तोसिमा कार्की, प्रभा ढकाल, रिङकगला यादव र लेखजंग थापा रहेका छन् ।
सांसदहरू गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल रमेशकुमार मल्ल शिक्षा सम्बन्धि अध्ययन उपसमितिमा रहेका छन् ।
त्यसैगरी विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमितिमा सांसदहरू कुशुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा. प्रमिलाकुमारी गच्छदार र महावीर पुन, सूचना तथा सञ्चार अध्ययन उपसमिति, खुशवु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल रहनु भएको छ ।
त्यसैगरी खेलकुद अध्ययन उपसमितिमा सांसदहरू अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम, र सिता थपलिया रहेको समितिका सचिव दशरथ धमलाले जानकारी दिए ।
उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयमले गर्ने व्यवस्था रहेको समितिकी सभापति शेरचनले बताइन् ।
प्रतिक्रिया 4