+
+
Shares

इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु

कुवेती अधिकारीहरूका अनुसार यस हमलामा एक जनाको मृत्यु भएको छ भने अन्य दर्जनौँ व्यक्ति घाइते भएका छन्

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १७:४९

२० जेठ, काठमाडौं । इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु भएको दाबी गरेको छ ।

मंगलबार इरानले कुवेत र बहराइनलाई लक्षित गरेर ड्रोन तथा मिसाइल हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोही क्रममा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको एउटा टर्मिनलमा ठूलो क्षति समेत पुगेको छ । कुवेती अधिकारीहरूका अनुसार यस हमलामा एक जनाको मृत्यु भएको छ भने अन्य दर्जनौँ व्यक्ति घाइते भएका छन् । इरानी रिभोलुसनरी गार्ड कर्प्सले यो आक्रमण अमेरिकाका लागि एउटा ‘पाठ’ भएको प्रतिक्रिया दिएको छ ।

अर्कातर्फ अमेरिकी सेन्ट्रल कमान्डले आत्मरक्षाका लागि इरानको क्युसम टापुमा जवाफी हमला गरेको र इरानका कयौँ मिसाइल तथा ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध रोक्न भइरहेको वार्ता टोलीहरूबीच संवाद रोकिएको भन्ने रिपोर्टहरूको खण्डन गरेका छन् । उनले दुवै देशबीच लगातार कुराकानी भइरहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?