+
+
Shares

कैलाली र अछाममा दुई जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते ७:२७

२१ जेठ, धनगढी । कैलाली र अछाममा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा बस्ने ५५ वर्षीय लालबहादुर ठकुल्ला बुधबार आफ्नै घर नजिक रहेको नालामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोटमा पनि शव फेला परेको छ । दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिक कर्णाली नदी किनारमा नाम, थर र वतन नखुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?