+
+
Shares

तेस्रो विवाह गर्दै आमिर खान, आउँदो महिना गौरीसँग विवाहको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १२:१८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता आमिर खान प्रेमिका गौरी स्प्राटसँग तेस्रो विवाह गर्ने तयारीमा जुटेको चर्चा भारतीय सञ्चारमाध्यममा शुरू भएको छ ।
  • पारिवारिक स्रोतका अनुसार आगामी ५ जुलाईमा हुने उनीहरूको वैवाहिक समारोह निकै सादगीपूर्ण र गोप्य राखिने जनाइएको छ ।
  • विगत एक वर्षभन्दा बढी समयदेखि सँगै बस्दै आएका आमिर र गौरीलाई उनले ६०औँ जन्मदिनका अवसरमा सार्वजनिक गरेका थिए ।

मुम्बई । बलिउड अभिनेता आमिर खान तेस्रो विवाहको तयारीमा जुटेको चर्चा सुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आमिर र प्रेमिका गौरी स्प्राटले सम्बन्धलाई विवाहको रुप दिने तयारी गरेका हुन् ।

यी दुवैजना लामो समयदेखि सम्बन्धमा छन् । आमिरले ६०औँ जन्मदिनका अवसरमा गौरीलाई सार्वजनिक रुपमा चिनाएका थिए । यदि यो विवाह सम्पन्न भयो भने आमिरको यो तेस्रो विवाह हुनेछ ।

स्रोतका अनसार ५ जुलाईमा वैवाहिक समारोह हुँदैछ, जहाँ, निकट पारिवारिक सदस्य र मित्र सहभागी हुने अपेक्षा छ ।

विवरणअनुसार, विवाह समारोह निकै सादगीपूर्ण हुनेछ । गोपनीयतालाई विशेष ध्यान दिइनेछ । यसअघि आमिरले गौरीसँगको सम्बन्धबारे खुलासा गर्दै उनी बेंगलुरुमा बस्ने भएकाले आफू त्यहाँ भेट्न जाने गरेको र मिडियाको कम उपस्थितिका कारण सम्बन्ध लामो समयसम्म सार्वजनिक नभएको बताएका थिए ।

तेस्रो विवाहबारे सोधिएको प्रश्नमा आमिरले पहिले भनेका थिए, ‘मैले दुई पटक विवाह गरिसकेको छु । अब ६० वर्षको उमेरमा फेरि विवाह गर्नु उपयुक्त नदेखिन सक्छ’ उनले भनेका थिए, ‘तर हेरौं, भविष्यमा के हुन्छ ।’

स्रोतका अनुसार आमिर र गौरी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि परिवारजस्तै साथमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?