+
+
Shares

गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गाजामा भएका पछिल्ला इजरायली हवाई आक्रमणहरूमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
  • युद्धविराम लागू भएयता इजरायली आक्रमणबाट गाजामा कम्तीमा ९३६ जनाको ज्यान गइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन आफ्नो सेनालाई निर्देशन दिनुभएको छ ।

गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।

गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासले बताए ।

गाजा सहरको अल–सिफा अस्पतालमा भएको आक्रमणमा १५ जना घाइते भएकोसमेत उनले बताए ।

गत अक्टोबर देखि युद्धविराम लागु भएता पनि निरन्तरको इजरायली आक्रमणले गाजा पट्टीमा हिंसात्मक गतिविधि बढिरहेको छ भने कयौँ युद्धविरामका सर्तहरूको अवहेलना गरेको आरोपमा इजरायली सैन्य नियन्त्रणमा छन् ।

इजरायलले युद्धविराम सुरु भए देखि कम्तिमा ९३६ जनाको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा हमास र इजरायल दुवै पक्षले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका ।

युद्धविरामको पहिलो चरणमा इजरायलद्वारा बन्दी बनाइएका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्दी बनाइएका अन्तिम इजरायली बन्धकहरूको रिहाइ समावेश थियो ।

युद्धविरामको दोस्रो चरणमा हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्ती समावेश हुने अपेक्षा गरिएको थियो भने महिनौँ देखि यो प्रक्रियाले प्रभावकारी रुपमा गति लिन सकिरहेको छैन ।

गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन सेनालाई आदेश दिएको बताएका थिए ।

गाजामा हमासको सशस्त्र शाखाका प्रमुख मोहम्मद ओदेह गत हप्ताको इजरायली आक्रमणमा मारिएक जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?