+
+
Shares

विश्वकपलाई अविस्मरणीय बनाउन टीसीएलको अफर, टीभी किन्दा क्यास ब्याक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकका लागि विश्वकप फुटबल लक्षित ‘आर यू रेडी फर ग्रेटनेस ?’ अभियान सार्वजनिक गरेको छ ।
  • यस योजनाअन्तर्गत टीसीएल टेलिभिजन खरिद गर्दा ग्राहकले २ लाख २६ हजार रुपैयाँसम्म क्यासब्याक र चार वर्षको विशेष वारेन्टी प्राप्त गर्नेछन् ।
  • सीजी इलेक्ट्रोनिक्सले ल्याएको यो विशेष योजना २१ जेठदेखि ३ साउनसम्म देशभरका आधिकारिक शोरुम र विक्रेतामार्फत लागू हुनेछ ।

२१ जेठ, काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकका लागि विशेष ‘आर यू रेडी फर ग्रेटनेस ?’ अभियान सार्वजनिक गरेको छ । विश्वकप फुटबलको रोमाञ्चक अनुभवलाई अझ भव्य र अविस्मरणीय बनाउने उद्देश्यका साथ यो अभियान ल्याइएको कम्पनीले जनाएको छ ।

यसअन्तर्गतको अफरमा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधा समावेश गरिएको छ।

‘आर यू रेडी फर ग्रेटनेस ? फिल एभ्री गोल, लाइभ एभ्री मोमेन्ट’ भन्ने सन्देशसहित सुरु गरिएको यो अभियानले फुटबलप्रेमी नेपालीलाई आफ्नै घरमा स्टेडियम सरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ

टीसीएलका अत्याधुनिक टेलिभिजनले हरेक गोल, उत्साह र ऐतिहासिक क्षणलाई अझ स्पष्ट र रोमाञ्चक बनाउने कम्पनीको भनाइ छ ।

यस विशेष अफर अन्तर्गत टीसीएल टेलिभिजन खरिद गर्ने ग्राहकले २ लाख २६ रुपैयाँसम्म आकर्षक क्यासब्याक पाउने छन् । यस योजनासँगै टीसीएलले २ प्लस २ वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ, जसले ग्राहकलाई आगामी ४ वर्षसम्म उत्कृष्ट मनोरञ्जन अनुभवसँगै विश्वसनीय सेवाको भरोसा प्रदान गर्नेछ।

टीसीएलले विश्वभर आफ्नो उत्कृष्ट डिस्प्ले प्रविधि, प्रिमियम पिक्चर क्वालिटी, शक्तिशाली अडियो अनुभव तथा स्मार्ट इनोभेसनका लागि विशेष पहिचान बनाएको छ।

ग्राहकको सुविधालाई प्राथमिकता दिँदै टीसीएलले नागरिकता मात्रको आधारमा सहज ईएमआई सुविधा समेत उपलब्ध गराएको छ, जसले प्रिमियम होम इन्टरटेन्मेन्टलाई अझ सुलभ बनाउने छ।

यस अवसरमा सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण फुटबलप्रेमी नेपालीलाई टीसीएलसँग विश्वकपको रोमाञ्चक यात्रा अनुभव गर्न आमन्त्रण गरेको छ। कम्पनीका अनुसार यो योजना जेठ २१ गतेदेखि साउन ३ गतेसम्म नेपालभरका आधिकारिक सीजी इलेक्ट्रोनिक्सका शोरुम तथा विक्रेतामार्फत लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?