+

महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

२०८३ जेठ  २१ गते १७:३१ २०८३ जेठ २१ गते १७:३१
महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुर्खेतमा शुक्रबारदेखि शुरू हुने महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
  • असार १ गतेसम्म चल्ने उक्त सिंगल राउण्ड रोविन प्रतियोगितामा सातै प्रदेशका टोलीको सहभागिता रहने छ ।
  • प्रतियोगिताको पहिलो दिन लुम्बिनी र कर्णाली, कोशी र सुदूरपश्चिम तथा बागमती र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

२१ जेठ, काठमाडौं । महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको अयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।

खेल तालिकाअनुसार भोलि बिहान ८ बजे पहिलो खेल कालिञ्चोक क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबिच हुनेछ । सोही समयमा वीरेन्द्रनगर क्रिकेट मैदानमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुने तालिका छ । पहिलो दिनको तेस्रो खेल दिउँसो २ बजेट बागमती र गण्डकीबिच हुनेछ ।

असार १ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी भएका छन् । सन् २०१९ मा हुने यू–१९ विश्वकपका लागि छनोट गर्ने आधारको रुपमा क्यानले यो प्रतियोगिता आयोजना गरेको हो ।

सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

महिला यु–१९ राष्ट्रिय क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय