+
+
Shares

एसएसपी रमेश थापाको बिदाइ, घिमिरेले सम्हाले काठमाडौंको कमाण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापा ९ महिनाको कार्यकाल पूरा गरी बिदा भएका छन् ।
  • काठमाडौं प्रहरीको कमाण्ड सम्हाल्न सरुवा भएर आएका नयाँ एसएसपी दिलिप घिमिरेले कार्यभार सम्हालेका छन् ।
  • थापाको कार्यकालमा जेनजी आन्दोलनपछिको सुरक्षा व्यवस्थापन, फरार अभियुक्त पक्राउ र एनपीएलको सुरक्षा जस्ता महत्त्वपूर्ण कार्यहरू सम्पादन भए ।

२१ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी रमेश थापा ९ महिना कार्यकाल पूरा गरेर बिदा भएका छन् ।

थापाका ठाउँमा सरुवा भएर आएका एसएसपी दिलिप घिमिरेले काठमाडौंको कमाण्ड सम्हालेका छन् । थापा जेनजी आन्दोलनपछि ५ असोजमा सरुवा भएर काठमाडौ प्रहरी प्रमुखको रुपमा कमाण्ड सम्हाल्न आएका थिए ।

त्यतिबेला काठमाडौंको सुरक्षा अवस्था निकै चुनौतीपूर्ण थियो । जेनजी पक्ष र एमालेका भातृ संगठनलेहरू एक अर्कोविरुद्ध उजुरी हाल्ने, पक्राउ गर्न दबाब दिने काम त्यतिबेला भएको थियो । त्यतिबेला सुझबुझपूर्ण निर्णय गरेर अघि बढ्दा कुनै अप्रिय घटना भएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

जिम्मेवारी प्राप्त भए पश्चात् प्रचलित कानुन र संगठनको नीति निर्देशन बमोजिम कानुनको कार्यान्वयन गर्ने, आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति गराउने, पीडितलाई न्यायको सुनिश्चितता गर्ने र प्रहरी नागरिकको सह सम्बन्धलाई प्रगाढ र सौहार्द तुल्याउन ‘हाम्रो प्रहरी’ अभियान अन्तर्गत काम गरिएको एसएसपी थापा बताउँछन् ।

भदौमा भएको जेनजी आन्दोलनमा भएका प्रहरीको भौतिक संरचनाको क्षतिलाई मर्मत सम्भार तथा निर्माण गरेर काम कारबाही अघि बढाइएको थियो । बिग्रदोँ सुरक्षास्थितीलाई लयमा फर्काउन आफूले सक्दो काम गरेको उनको बुझाइ छ ।

निर्वाचन, एनपीएल क्रिकेटको शान्ति सुरक्षा, फरार अभियुक्त पक्राउ, टीओबी समूहको पहिचान र कारबाही जस्ता महत्वपूर्ण काम यो बीचमा भएका थिए ।

अब काठमाडौंका कमाण्ड सम्हान आएका नयाँ एसएसपी घिमिरेको काँधमा देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी आएको छ । काठमाडौं सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?