News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेस्ट कलर लिमिटेडले सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।
- सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आगामी जेठ २७ गतेभित्र आवेदन दिन सक्नेछन् ।
- मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको यस निष्कासनमा मेरो सेयर र सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
२२ जेठ, काठमाडौं । शुक्रबारदेखि एभरेस्ट कलरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ खुलाएको हो ।
कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत सेयर अर्थात् ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता सेयर आम सर्वसाधारणका लागि खुलेको हो ।
न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ । गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८.३७ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०४.०९ रुपैयाँ छ । सञ्चित नाफा ९० लाख रुपैयाँ बराबर रहेको छ । क्रेडिट रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ ।
प्रतिक्रिया 4