+
+
Shares

मापदण्ड विपरीत इन्चार्ज बन्न लागेका एसएसपी कोइरालाको सरुवा रोकियो

ट्राफिक इन्चार्जमा काफ्ले

१८ जेठमा मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएका एसएसपी कोइरालाको सरुवा रोकिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १३:५०
एसएसपी शान्तिराज कोइराला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी शान्तिराज कोइरालाको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको सरुवा रोकिएको छ ।
  • उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कोइरालाको सरुवा रोकिएपछि उनको ठाउँमा नयाँ एसएसपीका रूपमा सुरेश काफ्लेलाई पठाइएको छ ।
  • एक ठाउँको इन्चार्ज रहेका प्रहरी अधिकारीलाई सोझै अर्को ठाउँको इन्चार्ज बनाउन नमिल्ने प्रहरीको सरुवा मापदण्ड रहेको छ ।

२२ जेठ, काठमाडौं । मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकिएको छ ।

१८ जेठमा मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएका एसएसपी कोइरालाको सरुवा रोकिएको हो । उनको ठाउँमा ट्राफिकको नयाँ एसएसपीको रूपमा सुरेश काफ्लेलाई सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीपशमशेर जबराले बताए ।

कोइराला नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको कमान्ड गरेका थिए । उक्त कमान्डबाट उनको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा गरिएको थियो ।

सरुवालाई व्यवस्थित गर्न भन्दै नेपाल प्रहरीले सरुवा मापदण्ड बनाएर कार्यान्वयनमा ल्याएको छ । मापदण्ड मा क, ख, ग भनेर श्रेणीहरू छुट्टाइएको छ । जसमा मुद्दाको चाप, कामको चाप तथा प्रकृतिहरूको आधारमा वर्गीकरण गरिएको हुन्छ ।

सुरेश काफ्ले

कोइरालाले कमान्ड गरेको नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज ख श्रेणीमा पर्छ । ख श्रेणी भए पनि उनी त्यहाँ इन्चार्ज थिए ।

एक ठाउँको इन्चार्जको कमान्ड गरिरहेका व्यक्तिलाई सोझै अर्को ठाउँको इन्चार्जको रुपमा सरुवा नगरिने मापदण्ड मा उल्लेख गरिएको छ । तर कोइरालाको हकमा भने इन्चार्ज टु इन्चार्ज सरुवा गरेर मापदण्ड मिचिएको थियो । मापदण्ड मिचेर सरुवा गरिएको बारे अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो । अहिले भने सरुवा करेक्शन गर्दै कोइरालाको ठाउँमा काफ्लेलाई ट्राफिकको इन्चार्ज बनाएर पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?