+
+
Shares

आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

‘संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गर्ने र आवश्यक परे उपलब्ध कानुनी उपचारका लागि सबै विकल्पहरू प्रयोग गर्ने,’ वक्तव्यमा भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १४:१७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनविरुद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ ।
  • एमाले महासचिव शंकर पोखरेलले जारी गर्नुभएको वक्तव्यमा आयोगको प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण भनिएको छ ।
  • तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई भूतप्रभावी कानून बनाएर कारबाहीको सिफारिश गर्नु राजनीतिक पूर्वाग्रह भएको एमालेको ठहर छ ।

२२ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि न्यायिक पुनरावलोकनका लागि अदालत जाने भएको छ ।

महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गरी जेनजी आन्दोलनमाथि आयोगले तयार पारेको प्रतिवेदनमाथि न्यायिक पुनरावलोकनमा जाने जानकारी दिएका हुन् ।

‘संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गर्ने र आवश्यक परे उपलब्ध कानुनी उपचारका लागि सबै विकल्पहरू प्रयोग गर्ने,’ वक्तव्यमा भनिएको छ ।

एमालेले आयोगको प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण भनेको छ ।

तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई भूतप्रभावी कानुन बनाएर कारबाहीको सिफारिस गर्नु राजनीतिक पूर्वाग्रह भएको एमालेको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?