News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्रागिरि हिल्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका ३०० भन्दा बढी बिरुवा रोपी वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
- चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कम्पनीका पदाधिकारी, कर्मचारी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
- वातावरण संरक्षणलाई सामाजिक उत्तरदायित्व मान्दै कम्पनीले आगामी दिनमा पनि हरित विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
२२ जेठ, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। विश्व वातावरण दिवस २०२६ को अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका ३०० भन्दा बढी बिरुवा रोपिएका छन्।
वृक्षारोपण कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने वडाध्यक्ष कृष्ण खड्गीले समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
चन्द्रागिरि हिल्सका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका सदस्यहरू, व्यवस्थापन टोली तथा सम्पूर्ण कर्मचारीले वृक्षारोपणमा सहभागिता जनाएका थिए ।
चन्द्रागिरि हिल्सले वातावरणीय संरक्षणलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पक्षका रूपमा अङ्गिकार गर्दै आएको छ। विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिने वृक्षारोपण कार्यक्रम कम्पनीको वार्षिक क्यालेन्डरमा समावेश हुँदै आएको छ।
चन्द्रागिरि हिल्सले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, हरित विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया 4