News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत जनकपुर, राजविराज इजलासले करारका कर्मचारीलाई म्याद नसकिँदै नहटाउन सप्तरीको बोदे बरसाईन नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
- न्यायाधीश देवबहादुर सार्की र नरेश कुमार चौधरीको इजलासले करार अवधि नसकिँदासम्म कामकाज गर्न बाधा नगर्न र सेवा सुविधा दिन आदेश दिएको हो ।
- नगरपालिकाले म्याद बाँकी छँदै ब्याक हो लोडर सहायक विवेक कुमार यादवलाई हटाएपछि उनी अदालत पुगेका थिए ।
२२ जेठ, सप्तरी । उच्च अदालत जनकपुर, राजविराज इजलासले करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सप्तरीको बोदे बरसाईन नगरपालिकालाई नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू देवबहादुर सार्की र नरेश कुमार चौधरीको इजलासले उनीहरुलाई करार अवधिसमम पदबाट नहटाउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘करार अवधिसम्म करार अनुसारको कामकाज गर्नमा बाधा अवरोध नगर्नु, नगराउनु सार्थ निजलाई करारमा उल्लेखित शर्त बमोजिमको सेवा सुविधा समेत प्रदान गर्नू भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’
बोदेबरसाईन नगरपालिकाले करार सम्झौताको समय सकिनुभन्दा अघि ब्याक हो लोडर सहायक पदमा कार्यरत कर्मचारी विवेक कुमार यादवलाई हटाएको थियो । त्यसपछि उनी अदालत गएका थिए ।
न्यायाधीश देवहादुर सार्की र नरेश कुमार चौधरीको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई अन्तरिम आदेश जारी गरिदिएको छ ।
प्रतिक्रिया 4