+
+
Shares

बेवारिसे अवस्थामा भेटियो गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने बा.२ झ १८७८ नम्बरको स्कर्पियो वडा नम्बर १२ दुरीखेलमा पार्किङ गरेको अवस्थामा २० जेठ मध्यराति चोरी भएको थियो । स्कर्पियो हराएपछि खड्काले प्रहरीमा उजुरी दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने बा.२ झ १८७८ नम्बरको सरकारी गाडी २० जेठ मध्यराति दुरीखेलबाट चोरी भएको थियो ।
  • ललितपुर प्रहरीले खोजी गर्ने क्रममा उक्त गाडी ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित रिद्धिसिद्धिमा बेवारिसे अवस्थामा फेला पारेको छ ।
  • प्रहरीले फेला परेको सो गाडी नगरपालिकाको जिम्मा लगाएको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

२२ जेठ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी बेवारिसे अवस्थामा फेला परेको छ ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने बा.२ झ १८७८ नम्बरको स्कर्पियो वडा नम्बर १२ दुरीखेलमा पार्किङ गरेको अवस्थामा २० जेठ मध्यराति चोरी भएको थियो । स्कर्पियो हराएपछि खड्काले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि ललितपुर प्रहरीले खोजी कार्यलाई तीव्र पारेको थियो ।

खोजीको क्रममा उक्त गाडी ललितपुर महानगरपालिका-२८ हरिसिद्दि स्थित रिद्दिसिद्दिमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त गाडी नगरपालिकाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?