+
+
Shares

चक्रपथको महाराजगञ्ज-धोबीखोला खण्डमा रोपियो ज्याकारान्डा

वातावरण दिवसका अवसरमा सडक डिभिजन काठमाडौंले विकास र वातावरण संरक्षण एकसाथ अघि बढाउने उद्देश्यले यस्तो वृक्षारोपण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वातावरण दिवसका अवसरमा सडक डिभिजन काठमाडौंले चक्रपथको महाराजगञ्ज–धोबीखोला खण्डको हरित पेटीमा ज्याकारान्डाका बिरुवा रोपेको छ ।
  • विकास र वातावरण संरक्षणलाई सँगै लैजाने उद्देश्यले डिभिजनले हरित पूर्वाधारको अवधारणा अनुसार यो वृक्षारोपण गरेको हो ।

२२ जेठ, काठमाडौं । हालै निर्माण सम्पन्न काठमाडौं चक्रपथ अन्तर्गत महाराजगञ्ज–धोबीखोला खण्डमा ज्याकारान्डाका बिरुवा रोपिएको छ ।

सडकको हरित पेटीमा यस्तो विरुवा रोपिएको हो । वातावरण दिवसका अवसरमा सडक डिभिजन काठमाडौंले विकास र वातावरण संरक्षण एकसाथ अघि बढाउने उद्देश्यले यस्तो वृक्षारोपण गरेको हो ।

सडक खण्डमा गरिएको वृक्षारोपण कार्यक्रमले पूर्वाधार विकास र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्ने सरकारी प्रयासलाई उजागर गरेको डिभिजनको भनाइ छ ।

सडक विस्तार र स्तरोन्नतिसँगै हरित वातावरण संरक्षण प्राथमिकतामा राख्दै सडक डिभिजनले हरित पूर्वाधार अवधारणा व्यवहारमा उतारेर विकास निर्माणका गतिविधिमा वातावरणमैत्री बनाउने प्रतिबद्धता थप मजबुत बनाएको डिभिजनले जनाएको छ ।

विश्व वातावरण दिवसका अवसरमा गरिएको यो अभियानले विकास र वातावरण संरक्षण एकअर्काका प्रतिस्पर्धी नभई परिपूरक पक्ष हुन् भन्ने सन्देश प्रवाह गरेको डिभिजनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?