+
+
Shares

सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्ति अन्त्य गर्ने सरकारको योजना सकारात्मक : चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योगपति बिनोद चौधरीले सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिको अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताए ।
  • उनले पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरू अगाडि बढाउन तथा प्रशासनिक एवं कानूनी सुधारलाई तीव्रता दिनुपर्ने बताए ।
  • चौधरीले विद्युत् खरिद-बिक्री सम्झौताको प्रतीक्षामा रहेका हजारौँ मेगावाटका आयोजनाहरू लामो समयदेखि रोकिएको उल्लेख गरे ।

२३ जेठ, काठमाडौं । उद्योगपति बिनोद चौधरीले विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले विगतमा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्ति रहेको र त्यसलाई अन्त्य गर्नु सकारात्मक रहेको बताए ।

उनका अनुसार अब पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण हुनुपर्छ ।

चौधरीले प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सुधारको प्रक्रिया अघि बढेको उल्लेख गर्दै त्यसलाई थप तीव्रता दिनुपर्ने पनि बताए ।

‘एकातर्फ हामी प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा आवश्यक सुधारका लागि अगाडि बढिरहेका छौँ र ती सुधारलाई थप तीव्रता दिनुपर्ने आवश्यकता पनि छ । अर्कोतर्फ, मुलुकमा विकसित भइरहेको आशावादको वातावरणलाई अझ सशक्त बनाउँदै व्यवहारिक तथा ठोस लगानी परियोजनाहरू अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । ऊर्जा क्षेत्र यसको एउटा प्रमुख उदाहरण हो,’ चौधरीले भने ।

ऊर्जा क्षेत्रलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उहाँले विद्युत खरिद–विक्री सम्झौता (पीपीए) को प्रतिक्षामा रहेका हजारौँ मेगावाट क्षमताका परियोजनाहरू लामो समयदेखि रोकिएको चौधरीले बताए ।

‘विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता र दृष्टिकोण देखिएको छ,’ उनले भनेका छन्, ‘अब यो प्रक्रिया सकेसम्म छिटो कार्यान्वयनमा जान आवश्यक छ । पर्यटन क्षेत्रका सन्दर्भमा पनि सकारात्मक संकेतहरू देखिएका छन् । हालै विभिन्न तहबाट प्रस्तुत भएका नीतिगत दृष्टिकोण र एजेन्डाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा ग्रहण गरिएको महसुस गरिएको छ ।’

यस्ता पहलहरूले मात्र पनि मुलुकलाई विकासको मार्गमा ठूलो फड्को मार्न सहयोग पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?