२३ जेठ, धादिङ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन् । शनिबार रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताएका छन् ।
‘देशमा नयाँ राजनीतिक संस्कारको सुरुवात भएको छ । हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,’ मन्त्री तिमिल्सिनाले भने, ‘राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ ।’
उनले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
‘पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न हुँदैन,’ उनले भने । –रासस
प्रतिक्रिया 4