+
+
Shares

यातायातमन्त्री लम्सालद्वारा निर्माणाधीन कञ्चनपुर-कमला सडकको निरीक्षण

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ जेठ २३ गते १९:४६

२३ जेठ, सप्तरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले  निर्माणाधीन कञ्चनपुर–कमला सडकको स्थलगत निरीक्षण शनिबार गरेका छन् । शनिबार मन्त्री लम्सालले सडकको निरीक्षण गरेका हुन् ।

उक्त सडकखण्डमा सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८६.८३ किलोमिटर सडक चार लेन विस्तारको काम भइरहेको छ । लामो समयसम्म काम नसकिँदा स्थानीयले सास्ती खेप्नुपरेको गुनासो गरिरहेका छन् ।

रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले तीन वर्षभित्र काम सक्नुपर्नेगरी ठेक्का सम्झौता गरेको थियो । तर, पाँच वर्ष बितिसक्दा पनि निर्माणाधीन सडकको काम सकिएको छैन । सडक निर्माणको काम पूरा नहुँदा हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको छ ।

मन्त्री लम्सालले सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित कञ्चनपुर बेरियर क्षेत्रमा पुगेरसडक निर्माणको प्रगति, गुणस्तर तथा कार्यसम्पादनबारे जानकारी लिएका थिए । निरीक्षणका क्रममा निर्माण कम्पनीका प्रतिनिधिलाई निर्धारित समयभित्र गुणस्तरीय ढंगले आयोजना सम्पन्न गर्न निर्देशन पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?