२४ जेठ, काभ्रेपलाञ्चोक । रास्वपा सिन्धुलीको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा अविनाश बस्नेत निर्वाचित भएका छन् ।
अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो । शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार १८१ मत प्राप्त गर्दै बस्नेत सभापति निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी वृखबहादुर बम्जन (अशोक) ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले ४ मत पाए ।
उपसभापति पदमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गरे ।
सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी रोमबहादुर देवकोटा (सुवास) ले ७१ मत प्राप्त गरे ।
सह–सचिव पदमा दिनेशप्रसाद सापकोटा १३० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी रमेश खत्रीले ११६ मत प्राप्त गरे ।
खुला सदस्यमा दिवस पहाडी तथा दलित सदस्यमा कुमार रसाइली निर्वाचित भए । महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए ।
सभापति पदमा पराजित भए पनि धेरै मत प्राप्त गरेका वृखबहादुर बम्जन (अशोक) विधानअनुसार जिल्ला समिति सदस्य बनेका छन् । अन्य दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ ।
त्यसैगरी, क्षेत्र नं. १ को संयोजकमा मनिष कार्की र क्षेत्र नं. २ को संयोजकमा कैलाश थापा निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4