+
+
Shares

रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते ९:०५

२४ जेठ, धादिङवेशी । रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशनबाट राजन अर्याल सभापतिमा निर्वाचित भएका छन् । शनिवार सुरु भएको अधिवेशनमा सर्वसहमति जुट्न नसकेपछि मध्यरातमा निर्वाचन प्रक्रियामार्फत नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १ सय ४३ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठकले ९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गरेका थिए । ज्वालामुखी गाउँपालिकाका अर्याल रास्वपा बागमती प्रदेश कमिटी सदस्य समेत हुन् ।

उपसभापति पदमा श्रवण त्रिपाठी २ सय १६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी लिला श्रेष्ठले ७७ मत मात्रै प्राप्त गरेका थिए ।

सचिव पदमा राम भण्डारी १ सय ६२ मतका साथ निर्वाचित भए ह्ुँदा अन्य प्रत्यासीहरु कल्पना श्रेष्ठले ८० र विदुर अधिकारीले ५८ मत प्राप्त गरे ।

त्यसैगरी सहसचिव पदमा श्रीराम आचार्य १ सय ६० मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी राजेन्द्र कडेलले १ सय २७ मत प्राप्त गरेका थिए ।

जिल्ला कार्यसमिति सदस्यहरुमा उषा कार्की, रामकृष्ण परियार, सुन्दर अधिकारी र मदन भण्डारी लगायतलाई निर्वाचित गरेको छ । त्यसैगरी क्षेत्र नम्बर १ को संयोजकमा रामजी प्रसाद पाठक, सह–संयोजकमा अमृता केसी र सचिवमा प्रवेश धरेल निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर २ को संयोजकमा राजेन्द्र अधिकारी, सह–संयोजकमा ओमप्रसाद काराखेती तथा सचिवमा माधवराज अधिकारी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?