+
+
Shares

रास्वपाले कोशीका ९ जिल्लामा चुन्यो सभापति, महिलाले पाएनन् नेतृत्व

कोशी प्रदेश अन्तर्गतका जिल्लाहरू धनकुटा, उदयपुर, सोलुखुम्बु खोटाङ र ईलाममा आज जिल्ला अधिवेशन हुँदैछ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी प्रदेशका ९ जिल्लामा नयाँ जिल्ला सभापति चयन गरेको छ ।
  • अधिवेशनबाट चयन भएका ९ वटै जिल्लाका नेतृत्वमा कुनै पनि महिला निर्वाचित हुन सकेनन् ।
  • कोशी प्रदेशका बाँकी पाँच जिल्लामा आज जिल्ला अधिवेशन हुँदैछ ।

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अन्तर्गतका ९ जिल्लामा सभापति चयन गरेको छ । जसमा कतै पनि महिलाले नेतृत्व प्राप्त गर्न सकेनन् ।

जिल्ला अधिवेशनबाट नेतृत्व चयन भएको हो । जस अन्तर्गत रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सुनसरीमा सागर दाहाल, संखुवासभामा भक्त नारायण श्रेष्ठ र ओखलढुंगा जिल्ला सभापतिमा कृष्णबहादुर थापा निर्वाचित भएका हुन् ।

बाँकी कोशी प्रदेश अन्तर्गतका जिल्लाहरू धनकुटा, उदयपुर, सोलुखुम्बु खोटाङ र ईलाममा आज जिल्ला अधिवेशन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?