+
+
Shares

काठमाडौं आइपुगे ‘धुरन्धर’ स्टार राकेश बेदी, दर्शक भेट्दै फिल्म प्रवर्धन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १६:०५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता राकेश वेदी आफ्नो चलचित्र ‘है जवाती तो इश्क होना है’ को प्रवर्धनका लागि आइतबार काठमाडौं आइपुगेका छन् ।
  • भ्रमणका क्रममा उनले काठमाडौंका विभिन्न हलको अवलोकन, पशुपतिनाथ मन्दिरको दर्शन र सांस्कृतिक आदानप्रदान सम्बन्धी पत्रकार सम्मेलनमा सहभागिता जनाउनेछन् ।
  • यस भ्रमणले नेपाली र भारतीय चलचित्र उद्योगबीचको सहकार्यलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

काठमाडौं । बलिउड स्टार राकेश वेदी फिल्म प्रवर्धनको लागि आइतबार दिउँसो नेपाल आइपुगेका छन् । उनी अभिनित पछिल्लो फिल्म ‘है जवाती तो इश्क होना है’ अहिले नेपालका हलमा चलिरहेको छ ।

यो फिल्मको प्रवर्धनका लागि वितरण कम्पनी नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपले अभिनेता वेदीलाई काठमाडौंमा ल्याएका हुन् । काठमाडौंमा हल भिजिट कार्यक्रम आयोजना गरेको छ, जहाँ वेदीले सहभागिता जनाउनेछन् ।

उनको नेपाल भ्रमणको आयोजना चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन् । यो टोली नेपालमा प्रदर्शन भएको अर्को फिल्म ‘पेड्डी’ सँग पनि आबद्ध रहेको छ ।

दुई दिनको काठमाडौं भ्रममणमा अभिनेता बेदीले यहाँका विभिन्न हलको भ्रमण गरी दर्शकलाई भेट्ने कार्यक्रम छ । पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

सोमबार मण्डला थिएटरमा आयोजना हुने नेपाल र भारतबीचको सांस्कृतिक आदानप्रदान सम्बन्धी पत्रकार सम्मेलनमा पनि उनी सहभागी हुने नियोम फिल्म्सका नवीन शाक्यले जानकारी दिए

आयोजकका अनुसार यस भ्रमणले नेपाली र भारतीय चलचित्र उद्योगबीचको बढ्दो सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । साथै, चलचित्रमार्फत दुवै देशका दर्शकबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्य राखिएको जनाइएको छ ।

वेदी भारतीय फिल्म तथा टेलिभिजन क्षेत्रका चर्चित कलाकारमध्ये एक हुन् । करिब पाँच दशक लामो अभिनय यात्रामा उनले चश्मे बद्दूर, हीरो नम्बर १, दिल है कि मानता नहीं लगायतका दर्जनौं फिल्म र लोकप्रिय टेलिशृंखलामा अभिनय गरेका छन ।

उनको पछिल्लो फिल्म धुरन्धर २ नेपालमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्म हो । यो फिल्ममा बेदीले ‘जमील जमाली’ नामक प्रभावशाली पात्र निर्वाह गरेका छन् ।

सुरुमा पाकिस्तानी राजनीतिज्ञको रूपमा देखिने उनको पात्र फिल्मको क्लाइम्याक्समा महत्वपूर्ण मोडसँग जोडिएको छ, जसले दर्शकमाझ ठूलो चर्चा कमायो । बक्स अफिसमा पनि फिल्मले उत्कृष्ट व्यापार गर्दै २०२६ का सबैभन्दा सफल बलिउड चलचित्रमध्ये स्थान बनाएको छ ।

तस्वीर : नेपाल न्यूज बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?