News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी डडेल्धुराको पहिलो जिल्ला अधिवेशनबाट ई. सुरेन्द्र अवस्थीको नेतृत्वमा ९ सदस्यीय नयाँ जिल्ला कमिटी गठन भएको छ ।
- सहमति नजुटेपछि उपसभापति र सचिव पदका लागि भएको निर्वाचनमा क्रमशः मदन धामी र टंक अवस्थी विजयी भएका छन् ।
२४ जेठ, डडेल्धुरा । रास्वपा डडेल्धुराको सभापतिमा ई. सुरेन्द्र अवस्थी चयन भएका छन् ।
पहिलो जिल्ला अधिवेशनबाट अवस्थीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कमिटी बनेको छ ।
शनिबार उद्घाटन गरिएको अधिवेशनमा सर्वसम्मतको प्रयास भए पनि उपसभापति र सचिव पदमा सहमति हुन सकेको थिएन ।
उक्त दुई पदमा भएको निर्वाचनमा उपसभापतिमा मदन धामी र सचिवमा टंक अवस्थी निर्वाचित भएका छन् ।
उपसभापतिका अर्का उम्मेदवार चन्द्र खड्का थिए भने सचिवमा अमरगढी नगरपालिका डडेल्धुराका निवर्तमान उपमेयर समेत रहेकी संगीता भण्डारी थिइन् ।
त्यस्तै, सहसचिव बसन्त पाण्डेय, सदस्यहरू मिना फुलारा, देव सिंह भाट, सन्तोष ऐर, चन्द्रदेव कुँवर, जितेन्द्र जैरु चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4