0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा धनकुटामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा भुवन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ६:१६

२५ जेठ, धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको प्रथम जिल्ला अधिवेशनले भुवन थापाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

धनकुटा नगरपालिका-५ स्थित कर्नर जोन होटलको सभाहलमा आइतबार सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा नारद कटुवाल, सचिवमा आशिष तामाङ तथा सहसचिवमा सिराज जोशी चयन भएका छन् । त्यसैगरी सदस्यहरुूमा फडिन्द्र थापा, प्रेमबहादुर कार्की, विमला गहतराज, मनोज खड्का र पुनम गिरी राणा रहेका छन् ।

अधिवेशनले पार्टी संगठनलाई जिल्लाभर थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ । नवनिर्वाचित सभापति थापाले पार्टीको संगठन विस्तार, जनसरोकारका मुद्दाको उठान तथा सुशासन र विकासका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको सभापति पदका लागि निवर्तमान सहसचिव रहेका थापा सहित निवर्तमान उपसभापति प्रजना राई, गत निर्वाचनमा उम्मेदवार रहेका दिनेश भण्डारी, शम्भु पाण्डे र मणि भुजेल आंकाक्षी रहेका थिए । उनीहरु बीचमा सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गरेको निवर्तमान सभापति बालानन्द दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?