0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको सभापतिमा खनाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ७:२६

२५ जेठ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनि माधव खनाल निर्वाचित भएका छन् ।

भरतपुरमा आइतबार अबेर राति सम्पन्न सो पार्टीको प्रथम महाधिवेशनको मतगणना परिणाम अनुसार रास्वपाका निवर्तमान सभापति कृष्णप्रसाद भुषाललाई दोब्बर मतले हराउँदै खनाल विजयी बनेका छन् ।

खनालले २२२ मत ल्याएर विजयी बन्दा भुषालले १११ मत मात्रै ल्याए । अध्यक्षका अर्का प्रत्यासी प्रकाश आचार्यले जम्मा २२ मत मात्रै ल्याउन सके ।

यस्तै, उपसभापतिमा निर्मला गिरी विजयी बनिन् । उनले १९० मत ल्याएर जित निकाल्दा अन्य प्रत्यासी टिकादत्त इटनीले ८४ र प्रभाकर जोशीले ७३ मत ल्याए । सचिवमा तेजेन्द्र पौडेल १९४ मतसहित विजयी बने । सचिवमा पराजित नेत्र लामिछानेले १४५ मत ल्याए । सहसचिवमा प्रतिस्पर्धी ४ जना मध्ये कुशल पाठक विजयी बने । पाठकले १८७ मतसहित जित निकाल्दा अन्य प्रतिस्पर्धीहरु चुमबहादुर जिसीले ३७, पार्वती पाण्डेले ६९ र वेदप्रसाद आचार्यले ५४ मत ल्याए ।

रास्वपाको उद्गमस्थल मानिने चितवनबाट पार्टी सभापति रवि लामिछाने ३ पटकसम्म चितवन क्षेत्र नं. २ बाट निर्वाचित बनिसकेका छन् । क्षेत्र नं. ३ बाट विजयी सोविता गौतम अहिले कानुनमन्त्री छिन् । रास्वपाले चितवनलाई बढी प्राथमिकतामा राख्ने गरेको छ । सो पार्टीको केन्द्रीय महाधिवेशन पनि यहीँ असारको ६ र ७ गते चितवनमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?