0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा प्युठानमा रवि पक्षको वर्चस्व, विकास पोखरेल सभापतिमा दोहोरिए

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ७:४६

२५ जेठ, प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानको प्रथम जिल्ला अधिवेशनबाट विकास पोखरेल पुनः सभापतिमा निर्वाचित भएका छन् । 

पार्टी सभापति रवि लामिछाने निकट मानिएका पोखरेलले १५३ मत प्राप्त गर्दै बालेन्द्र (बालेन) शाह समूहका उम्मेदवार बमबहादुर सुनारलाई पराजित गरेका हुन्। सुनारले ४४ मत पाए।

कुल २०३ मत खसेको अधिवेशनमा २०२ मत गणना गरिएको थियो। सभापतिमा पोखरेलले फराकिलो मतान्तरसहित जित निकालेसँगै जिल्ला नेतृत्वमा उनको समूहको वर्चस्व कायम भएको छ ।

उपसभापतिमा केशवबहादुर महतरा १५९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी दलबहादुर केसीले ३७ मत पाए । सचिवमा बालेन समुहका यज्ञवीर पाण्डे १०६ मतसहित विजयी हुँदा बलबहादुर महतरा ८१ मतमा सीमित भए। सहसचिवमा डा. ओमहरि भट्टराई ११९ मतसहित निर्वाचित भए भने मदनकुमार पोखरेलले ५० मत प्राप्त गरे।

सदस्य पदमा विशाल पौडेल (११६), शिशिर रिजाल (५६) र शंकर भण्डारी (७४) निर्वाचित भए। मदन भण्डारी, रेगमबहादुर पुरी, खुमबहादुर खत्री र मिनराज सुवेदी भने पराजित भए।

खिमे सुनार, विमला रावल क्षेत्री, सीता थापा र विपना सुनार सदस्य पदमा निर्विरोध चयन भएका छन्।

अधिवेशनअघि नै पोखरेल र सुनारले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। पोखरेललाई रवि लामिछाने निकट र सुनारलाई बालेन शाह पक्षधर नेताका रूपमा हेरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?