0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सरकारको कामकारबाहीबारे रवि लामिछानेले मागे दलहरूसँग सुझाव

रास्वपाका सभापति रवि लामिछानेले रास्वपा नेतृत्वको सरकारको कामकारबाहीबारे राजनीतिक दलहरूसँग सुझाव मागेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक राखेर आफ्नो पार्टी नेतृत्वको सरकारको कामकारबाहीबारे राजनीतिक दलहरूसँग सुझाव मागेका छन् ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिपक्षी कमजोर भएको बहानामा सरकारलाई शक्ति पृथकीकरणको सिद्धान्त भत्काउने काम नगर्न सुझाव दिए ।
  • लिङ्देनले सीमा विवादबारे प्रधानमन्त्री बालेनको अभिव्यक्ति र रास्वपा सभापति लामिछानेले भारतमा ‘विगतको भारी बोक्दैनौं’ भनी दिएको अभिव्यक्ति उचित नरहेको बताए ।

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा नेतृत्वको सरकारको कामकारबाहीबारे राजनीतिक दलहरूसँग सुझाव मागेका छन् ।

उनले सिंहदरबारमा सर्वदलीय बैठक राखेर यसबारे सुझाव माग गरेका हुन् ।

‘उहाँ (रवि लामिछाने) ले आफ्नो पार्टी नेतृत्वको सरकारले गरिराखेको काममा केही सुझावरू, केही टिप्पणीहरू छन् कि भनेर माग गर्नुभयो’ सर्वदलीय बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि रास्वपाको नेतृत्वमा एकल बहुमतको सरकार बनेको छ । दुई सिट कम दुई तिहाइ बहुमतको एकल सरकारको नेतृत्व रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।

निर्वाचनमा पाएको मत अनुसार सरकार बनाएको रास्वपाले निर्वाचनपछि पहिलो पटक दलहरूसँग औपचारिक रूपमा संवाद राखेको हो ।

सर्वदलीय बैठक नै राखेर रास्वपा सभापति लामिछानेले सरकारको कामकारबाहीबारे सुझाव माग गरेका हुन् ।

जवाफमा दलका प्रतिनिधिहरूले राम्रो सुरुवात गरेको भनेर लामिछानेको प्रशंसा गरेका छन् । सर्वदलीय बैठक बस्ने अभ्यास सुरुवात भएको र यसले निरन्तरता पाउनुपर्ने आग्रह गरे ।

सर्वदलीय बैठक भारत भ्रमणमा जानु अगाडि राखेको भए अझ राम्रो हुने थियो भनेर राप्रपाका अध्यक्ष लिङ्देनले भने ।

लामिछानेले यही १८ जेठदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।

भारतबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक राखेका हुन् ।

अहिलेको सरकारको कामकारबाहीको सन्दर्भमा आफूहरूले केही सुझावहरू समेत लिएको लिङ्देनले जानकारी दिए ।

लिङ्देनका अनुसार उनले संसद्मा प्रतिपक्षी कमजोर रहेको र सरकारले आफूहरू विकल्पविहीन छौं भनेर शक्ति पृथकीकरणको सिद्धान्त भत्काउने काम नगरोस् भनेर सुझाएका छन् ।

देश जित्नेको मात्रै नभएर हार्नेको समेत भएको उल्लेख गर्दै परिपक्क व्यवहार गर्न सुझाए । वैदेशिक सम्बन्धको सवालमा अपरिपक्क व्यवहार नदेखाउन आग्रह गरे ।

सीमा विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्ति र रास्वपा सभापति लामिछानेले भारतमा गएर विगतको भारी बोक्दैनौं भनेर दिएको अभिव्यक्ति उचित नरहेको भनेर खबरदारी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?