News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद्मा जारी गतिरोध अन्त्यका लागि सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमति जुट्न सकेन।
- विपक्षी दलहरूले भारत भ्रमण र सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले नै संसद्मा जवाफ दिनुपर्ने अडान राखेका छन्।
- सहमति नजुटेपछि विपक्षी दलहरूले संघीय संसद् बैठकमा आफ्नो अवरोधलाई कायमै राख्ने भएका छन्।
२५ जेठ, काठमाडौं । संघीय संसद् बैठकमा विपक्षीहरूले अवरोध कायमै राख्ने भएका छन् ।
संसद्मा जारी गतिरोध अन्त्य गर्नेगरी रास्वपा सभापति रवि लामिछानेले सोमबार सिंहरदबारमा सर्वदलीय बैठक डाकेका थिए ।
बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न नसकेको हो ।
बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।
यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4