२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मतजंग कार्कीलाई मनोनीत गरेको छ ।
काठमाडौं निवासी कार्कीलाई महामन्त्री कविन्द्र बुर्लाकोटीले विभाग सदस्यमा नियुक्त गरेका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त विभाग छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा अनुभव संगालेका कार्की विश्वभरका युवा लोकतन्त्रवादीहरू आवद्ध संगठनको सहअध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।
कार्कीले पोल्यान्डमा सम्पन्न संयुक्त राष्ट्र संघीय ‘वर्ल्ड अर्बन फोरम’, अमेरिकाको वासिङ्टन डीसी र न्यूजील्याण्डमा भएका ‘प्रजातान्त्रिक फोरम’ लगायत फिनल्यान्ड, जर्मनी, मोरक्को र बेलायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत संवाद र विश्वव्यापी सञ्जालमा भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया 4