News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा नयाँ कर संरचना लागू भएसँगै सांग्रिला मोटर्सले लिपमोटर बी १० टप भेरियन्टको मूल्य ६० लाखबाट घटाएर ५४.९९ लाख रुपैयाँ तोकेको छ ।
- मूल्य परिमार्जनसम्बन्धी घोषणा जेठ २४ गते उत्तरढोकास्थित लिपमोटरको शोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच गरिएको हो ।
- चिनियाँ ईभी ब्रान्ड लिपमोटरको यो टप भेरियन्ट ६७.१ किलोवाट आवरको ब्याट्री, १६० किलोवाट मोटर र ६०० किलोमिटर रेन्जसहित उपलब्ध छ ।
२५ जेठ, काठमाडौं । नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी १० टप भेरियन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ।
नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको ६० लाखबाट घटेर ५४.९९ लाखमा झरेको छ । साविकको मूल्यभन्दा ५ लाख रुपैयाँ कम भएको कम्पनीले जनाएको छ ।
उक्त घोषणा जेठ २४ गते उत्तरढोकास्थित लिपमोटरको शोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच गरिएको हो । कार्यक्रममा मिडियाका प्रतिनिधि, अटो इन्फ्लुएन्सर र ईभी प्रेमीहरूको उपस्थिति रहेको थियो।
परिमार्जित मूल्यले स्मार्ट र प्रविधिमैत्री इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकलाई थप पहुँचयोग्य बनाउने कम्पनीको भनाइ छ । कार्यक्रममा बोल्दै सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले भने ‘लिपमोटर बी १० टप भेरियन्टको मूल्य ५ लाखले घटेर अब ५४.९९ लाख कायम हुनुले नेपाली ग्राहकमाझ अत्यन्तै सुलभ मूल्यमा परिष्कृत इलेक्ट्रिक मोबिलिटी भित्र्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ।’
लिपमोटर बी १० ले आधुनिक एसयूभी प्याकेजमा इन्टेलिजेन्ट टेक्नोलोजी, प्रिमियम आराम र उत्कृष्ट कार्यक्षमतालाई संयोजन गरेको छ। यसको टप भेरियन्ट ६७.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र १६० किलोवाट मोटर पावरका साथ उपलब्ध छ। अत्याधुनिक एडास सुविधा, यूरो एनक्याप ५ स्टार सेफ्टी रेटिङ, स्न्यापड्रागनद्वारा सञ्चालित स्मार्ट ककपिट, फराकिलो इन्टेरियर, द्रुत चार्जिङ क्षमता र ६०० किलोमिटर डब्लुएलटीपीको ड्राइभिङ रेन्ज भएको कम्पनीले जनाएको छ ।
लिपमोटर विश्वप्रसिद्ध अटोमोबाइल समूह ‘स्टेलान्टिस’ द्वारा समर्थित स्थापित चिनियाँ एक ईभी ब्रान्ड हो, जसको मातहतमा मसेराटी, जिप, प्युजो लगायत १४ वटा अटोमोबाइल ब्रान्डहरू रहेका छन् ।
प्रतिक्रिया 4