0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कांग्रेसको अनुशासन समितिले सोधेको स्पष्टीकरणको जवाफ पूर्वमन्त्री खड्काले दिएनन्

जेठ २० गते अनुशासन समितिले मागेको स्पष्टीकरणको अवधि आज सकिँदैछ । खड्काले स्पष्टीकरण नदिने उनी निकट संखुवासभाका एक कांग्रेस नेताले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १६:४१

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले पाँच दिनको अवधिमा दिएर स्पष्टीकरण दिन पत्राचार गरिएपनि पूर्वमन्त्री दीपक खड्कालाई जवाफ पठाएका छैनन् ।

जेठ २० गते अनुशासन समितिले मागेको स्पष्टीकरणको अवधि आज सकिँदैछ । खड्काले स्पष्टीकरण नदिने उनी निकट संखुवासभाका एक कांग्रेस नेताले बताए ।

गत चुनावी प्रचारको क्रममा पूर्व मन्त्री खड्काले संखुवासभामा बोलेको विषयमा स्पष्टीकरण सोधिएको हो । चुनावी प्रचारको समयमा ‘विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई स्विकार गर्दिन, कांग्रेसले चुनाव जित्दैन आफ्नो इच्छा अनुसार गर्नु लगायतका अभिव्यक्तिमा स्पष्टीकरण सोधिएको छ ।

आफ्नो नजिकका साथीहरुलाई कार्यक्रममा उपस्थित नहुन फोन गरेको, बाहिरी देखावटी रूपमा रुखमा मत मागे पनि आन्तरिक रूपमा सूर्य, घण्टी र माटोमा मत हाल्न लगाएको, एमालेको उम्मेदवारलाई जिताएर ल्याउछु भन्ने अभिव्यक्ति दिएको’ लगायतका विषय उल्लेख गरी उजुरी परेको अनुशासन समितिले जनाएको छ ।

अनुशासन समितिले लेखेको पत्रमा भनिएको छ, ‘अनुशासन उल्लंघनको कसुरमा तपाईँलाई सजाय किन नगर्ने हो ? यदि उक्त कारवाही गर्न नपर्ने कुनै मनासिव आधार कारण भएमा यो पत्र प्राप्त गरेको मितिले ५ (पाँच) दिनभित्र लिखित स्पष्टिकरण पेश गर्नु हुन नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको निर्णयानुसार यो पत्राचार गरिएको छ ।’

संखुवासभामा गत निर्वाचनमा कांग्रेस उम्मेदवारलाई असहयोग गरेको भन्दै थप नेताहरूलाई पनि स्पष्टीकरण सोधिएको छ । थलकुमारी लिंखा र कुमारबाबु अधिकारीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?