News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीका १० मध्ये ९ जिल्लामा पहिलो अधिवेशन सम्पन्न गरी नयाँ जिल्ला समिति गठन गरेको छ ।
- सुर्खेत जिल्लाको सभापतिमा प्रतिनिधिसभा सदस्य रमेश सापकोटा चयन भएका छन् ।
- डोल्पामा २ महिनाअघि मात्र तदर्थ समिति बनेकाले महाधिवेशनपछि मात्र नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिनेछ ।
२५ जेठ, काठमाडौं । कर्णालीका १० जिल्ला मध्ये ९ वटामा रास्वपाले नयाँ समिति गठन गरेको छ । डोल्पा बाहेक सबैमा पहिलो अधिवेशन गरेर नयाँ समिति गठन गरिएको छ ।
कर्णालीको प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको सभापति रमेश सापकोटा चयन भएका छन् । सापकोटा प्रतिनिधिसभा सदस्य समेत हुन् ।
रुकुम पश्चिममा द्रोण खड्का सभापति चुनिएका छन् । जाजरकोटमा आइतबार हिजो अधिवेशनको क्रममा विवाद भए पनि सोमबार नयाँ समिति चयन गरिएको छ । जाजरकोटमा महेश सिंहको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।
सल्यानमा प्रकाश परियार, दैलेखमा बखत भण्डारी, कालिकोटमा प्रेमबहादुर केसी,जुम्लामा मकर भण्डारी, हुम्लामा लक्ष्मण ऐरी, डोल्पामा देवसिंह ऐरी सभापति बनेका छन् ।
मुगुमा सोमबार अधिवेशन जारी रहेको रास्वपाका कर्णाली उपसभापति प्रेमबहादुर बोहराले जानकारी गराए । डोल्पामा दुई महिना अघि मात्रै तदर्थ समिति बनेको हुँदा महाधिवेशन पछि मात्रै नयाँ नेतृत्वका लागि अधिवेशन गरिने भएको छ ।
संगठनमा तुलनात्मक रुपमा चुनावअघि कमजोर रहेको रास्वपाले चुनावपछि तीव्र गतिमा कर्णालीमा संगठन विस्तार गरेको छ । गत चुनावमा कर्णालीबाट रास्वपाले एक सिट मात्रै जितेको थियो ।
प्रतिक्रिया 4