0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

स्वास्थ्य मन्त्रालयमा एक सचिव मात्रै, डा. देवकोटालाई पूर्ण जिम्मेवारी

सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचना पुनर्गठन गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मन्त्रालयहरूको संख्या २२ बाट १८ मा झारेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था गरिएको छ ।
  • नयाँ व्यवस्था अनुसार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटा मात्रै प्रशासनिक तथा प्राविधिक नेतृत्वको जिम्मेवारीमा रहनेछन् ।
  • प्रशासनतर्फका सचिव डिल्ली शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएसँगै दुई सचिव रहने पुरानो व्यवस्थाको अन्त्य भएको छ ।

२५ वैशाख, काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचना पुनर्गठन गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने भएका छन् ।

सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संख्या २२ बाट १८ मा झारिएपछि सचिवहरूको दरबन्दी पुनः मिलान गरिएको हो । सोही निर्णयअनुसार दुई सचिव रहने मन्त्रालयहरूमा अब एक जना मात्र सचिव राख्ने व्यवस्था लागू गरिएको छ ।

यसक्रममा स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि कायम स्वास्थ्य सेवातर्फ र प्रशासनतर्फ गरी दुई सचिव रहने व्यवस्था पनि अन्त्य भएको छ । अब मन्त्रालयमा स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटा मात्र सचिवका रूपमा रहनेछन् ।

प्रशासनतर्फका सचिव डिल्ली शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनको सोमबार मन्त्रालयबाट औपचारिक बिदाइसमेत गरिएको छ । नयाँ व्यवस्थासँगै स्वास्थ्य मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्वको सम्पूर्ण जिम्मेवारी अब डा. देवकोटाले एक्लै सम्हाल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?