0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

हरिमाया गुरुङको मौलिक कौडा गीत ‘गोरखा ताकुकोट’ सार्वजनिक

लोकदोहोरी तथा ठाडो भाकाकी अग्रज गायिका हरिमाया गुरुङको नयाँ कौडा गीत ‘गोरखाको ताकुकोट’ सार्वजनिक भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका हरिमाया गुरुङ र पृथ्वी गुरुङको स्वरमा सजिएको कौडा गीत 'गोरखा को ताकुकोट' नयाँ शैलीमा सार्वजनिक गरिएको छ।
  • यस गीतको म्युजिक भिडियो गोरखा दरबार सङ्ग्रहालयमा छायाङ्कन गरिएको हो भने यसको निर्देशन दीपकोके गुरुङले गरेका हुन्।
  • गीतमा गोरखा र लमजुङ जिल्लाका ऐतिहासिक कोट तथा मौलिक संस्कृति समेट्ने प्रयास गरिएको गायिका हरिमाया गुरुङले बताइन्।

२५ जेठ, काठमाडौं । लोकदोहोरी तथा ठाडो भाकाकी अग्रज गायिका हरिमाया गुरुङको नयाँ कौडा गीत ‘गोरखा को ताकुकोट’ सार्वजनिक भएको छ। गीत हरिमाया र इन्द्र गुरुङको पुरानो आवाज तथा सङ्कलनमा रहेको प्रचलित भाका हो, जसलाई २०५८/५९ सालतिर इन्द्र गुरुङ, हरिमाया गुरुङ तथा बीमा कुमारी दुराले गाएका थिए।

मौलिक भाकाको स्वाद कायम राख्दै यस गीतलाई नयाँ शैली र प्रस्तुतीकरणसहित पुनः निर्माण गरी सार्वजनिक गरिएको हो।

गीतमा हरिमाया गुरुङ र पृथ्वी गुरुङको स्वर सुन्न सकिन्छ। गीतका शब्द चन्द्र परियारले लेखेका हुन् भने संगीत संयोजन सागर विरहीको छ।

मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन राना र खुमन सिंह रानाले रेकर्डिस्टको भूमिका निभाएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्।

गीतको म्युजिक भिडियो गोरखा दरबार संग्रहालयमा छायांकन गरिएको हो। भिडियोको निर्देशन दीपकोके गुरुङले गरेका हुन् भने कोरियोग्राफी कृतिका गुरुङले गरेकी हुन्। भिडियोमा राजु गुरुङ र सुमीत्रा गुरुङको अभिनय देख्न सकिन्छ।

यसैगरी, भिडियोको छायांकन विजय लामाले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका छन्।

गीतमा गोरखा र लमजुङ जिल्लाका ऐतिहासिक कोट तथा मौलिक संस्कृति समेट्ने प्रयास गरिएको गायिका हरिमाया गुरुङले बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?