0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २६ जेठदेखि हेटौंडामा बागमती प्रदेश अधिवेशन सुरु गर्दैछ ।
  • बागमती प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने तय भएको छ ।
  • रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा आयोजना गरिने भएको छ ।

२६ जेठ, काठमाडौं । वडा, पालिका, जिल्लामा धमाधम अधिवेशन सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि प्रदेशका अधिवेशन पनि सुरु गर्दैछ ।

केही जिल्लाबाहेक प्राय: जिल्लामा नयाँ नेतृत्व चयन गरेको रास्वपाले प्रदेश अधिवेशन सुरु गर्न थालेको हो ।

रास्वपाले आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी प्रदेश अधिवेशन सुरु गर्दैछ । बागमती अधिवेशन प्रदेश राजधानी हेटौंडामा बिहान उद्घाटनको तयारी गरिएको हो ।

अधिवेशनको हेटौंडास्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्‍घान पार्टी सभापति रवि लामिछानेले गर्ने तय भएको छ । बागमतीपछि अन्य प्रदेशको अधिवेशन सुरु हुनेछ ।

पहिलो अधिवेशनमा बागमतीको सभापति पदका लागि दुई जना आकांक्षी देखिएका छन् । हालका बागमती सभापति डा. अच्युत्तम लामिछाने अधिवेशनमार्फत सोही पदमा दोहोरिन चाहेका छन् ।

लामिछानेले अनलाइनखबरसँग भने, ‘यही जिम्मेवारीमा रहन चाहेको छु । केन्द्रीय समितिमा जाने चाहना अहिलेको लागि छैन ।’

अधिवेशनबाट नयाँ नेतृत्व चुनावमार्फत आउने उनले जानकारी गराए । लामिछानेले भने, ‘साथीहरूले पनि इच्छा देखाउनु भएको सुनेको छु । चुनाव होला ।’ लामिछाने रास्वापको बागमती प्रदेश सभापति स्थापनाकालदेखि छन् ।

सभापति पदका लागि अर्को आकांक्षी उत्सव अर्याल देखिएका छन् । अर्याल बागमती समितिमा हाल प्रवक्ता छन् । रास्वपाका केन्द्रीय विभागका एक सदस्यका अनुसार दुवैतर्फबाट प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरिएको छ ।

बागमतीमा सभापतिका आकांक्षी

उपसभापतिमा डा. रमेश ढकाल आकांक्षी देखिएका छन् । प्रदेशको स्वास्थ्य विभागमा रहेका ढकाल शंखरापुर अस्पताल सञ्चालक पनि हुन् ।

उपसभापति पदमा अर्को आकांक्षी मेनुका ठकुरी देखिएको रास्वपाका प्रदेश नेताहरुले जानकारी गराएका छन् । महामन्त्रीमा सुरेन्द्र भट्ट सोही पदमा दोहोरिन चाहेका छन् । महामन्त्री भट्टले हालकै पदको आकांक्षी रहेको अनलाइनखबरलाई जानकारी गराए ।

रास्वपाको विधान अनुसार प्रदेश अनुसार कार्यसमितिको आकार फरक–फरक हुने व्यवस्था गरिएको छ ।

बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था गरिएको छ । सभापति, उपसभापति, महामन्त्री १/१ जना हुने व्यवस्था छ ।

सहमहामन्त्री दुई जना हुने र फरक–फरक लिंगको हुनुपर्ने विधानमा प्रावधान छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री कोषाध्यक्ष र प्रवक्ता हुने व्यवस्था छ ।

निर्वाचन हुने अवस्थामा नयाँ कार्यसमितिका लागि दुई चरण गर्नुपर्ने विधि बनाइएको छ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यको चुनाव गर्ने व्यवस्था छ । प्रदेश सदस्यमा चयन भएकाहरूबाट थप पदाधिकारी छनोट गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्नुपर्ने हुन्छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन भने असार ६ र ९ गते चितवनमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?