News Summary
Generated by OK AI. Editorially reviewed.- रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौंथो सिजनका लागि नेपालगञ्जबाट देशव्यापी अडिसन शुरू भएको छ ।
- देशका ६ विभिन्न शहरमा अडिसन सकिएपछि काठमाडौंमा अन्तिम अडिसन आयोजना गरिनेछ ।
- जुलाईदेखि हिमालय टीभीमा प्रसारण हुने यस शोका निर्णायकहरू काठमाडौंको अडिसन सकिएपछि मात्र सार्वजनिक गरिनेछन् ।
काठमाडौं । चर्चित टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले चौंथो सिजनका लागि देशब्यापी अडिसन थालेको छ । सोमबार नेपालगञ्जमा पहिलो अडिसन आयोजना भयो ।
२७ जेठमा बुटवल, २८ मा पोखरा, २९ मा चितवन, ३१ मा इटहरी, १ असारमा विर्तामोडमा अडिसन आयोजना हुँदैछन् । मोफसल सकिएपछिको प्रि-जजिङ अडिसन काठमाडौंमा हुनेछ । बाहिर छुटेकाले पनि काठमाडौंमा अडिसन दिन पाउने निर्देशक विशाल भण्डारीले जनाए ।
नेपालगञ्जमा आयोजित पहिलो अडिसनमा उत्साहजनक सहभागिता देखिएको जनाइएको छ । ‘जतिजनाले अडिसन दिनुभयो, तीमध्ये ७० प्रतिशत जति कार्यक्रममा स्थान बनाउन सक्ने क्षमताका हुनुहुुन्थ्यो’ उनले भने ।
नेपालगञ्ज अडिसनमा निर्देशक भण्डारीसहित निश्चल अर्याल र प्रभात लामा जज थिए । अन्य सहरमा हुने अडिसन कार्यक्रममा भने अन्य सदस्य जज हुने जनाइएको छ ।
६ वटै सहरबाट छनोट भएकाले मुख्य जजको उपस्थितीमा काठमाडौंमा आयोजना हुने फिजिकल अडिसन दिनुपर्ने हुन्छ । यसपटक पुराना र नयाँ जजको मिश्रण गर्ने ढंगले जज राख्ने तयारी छ ।
काठमाडौं अडिसनपछि मात्र जज सार्वजनिक गरिने भएको छ । जुलाईबाट प्रसारण हुने तयारीमा रहेको चौंथो सिजन यसपटक हिमालय टिभीमा आउने भएको छ ।

प्रतिक्रिया 4