+

एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन प्रस्थान

२०८३ जेठ  २६ गते २१:२० २०८३ जेठ २६ गते २१:२०
एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको पुताउमा आयोजना हुने आठौं एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।
  • जुन १० देखि १५ तारिखसम्म हुने ३ वाइ ३ बास्केटबल प्रतियोगिता मकाउमा अक्टोबरमा हुने फिसु विश्वको छनोटका रूपमा समेत रहेको छ ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र खेलकुद मन्त्रीका सल्लाहकार राजु सिंहले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

२६ जेठ, काठमाडौं । आठौं एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको पुताउ प्रस्थान गरेको छ ।

जुन १० देखि १५ तारिखसम्म हुने ३ वाइ ३ स्वरुपको प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् ।

उक्त प्रतियोगिता मकाउमा अक्टोबरमा हुने फिसु विश्वको छनोटका रुपमा समेत रहेको नेपाल विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहराले जनाएका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार राजु सिंहले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

एसियाली विश्वविद्यालय बास्केटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय