News Summary
Generated by OK AI. Editorially reviewed.- सिङ्गापुरमा भएको एसियन गेम्स पुरुष क्रिकेट छनोट जितेर नेपाली क्रिकेट टोली मङ्गलबार स्वदेश फर्किएको छ ।
- सोमबार भएको फाइनलमा हङकङलाई हराउँदै अपराजित च्याम्पियन बनेको नेपाल सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ ।
- नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भने इयू टी-२० लिग खेल्न बेल्जियम प्रस्थान गरेका छन् ।
२६ जेठ, काठमाडौं । सिंगापुरमा भएको एसियन गेम्स पुरुष क्रिकेट छनोट जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार बेलुका काठमाडौं आइपुगेको हो ।
सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङविरुद्ध नेपाल डीएलएस पद्धतिमा विजयी हुँदै अपराजित च्याम्पियन भएको थियो । नेपालका कुशल भुर्तेल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र लेगस्पिनर सन्दीप लामिछाने भने सँगै फर्किएका छैनन् । उनीहरू दुवैजना बेल्जियममा इयू टी-२० लिग खेल्न पुगिसकेका छन् ।
नेपाली टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सको क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।
प्रतिक्रिया 4