+

एन्जल्स हार्ट भलिबलको फाइनल वर्षाले स्थगित

२०८३ जेठ  २६ गते २१:२९ २०८३ जेठ २६ गते २१:२९
एन्जल्स हार्ट भलिबलको फाइनल वर्षाले स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।
  • हिमरश्मि र न्युटनबीचको फाइनल खेल पुनः सुरुकै अवस्थाबाट खेलाउने गरी स्थगित गरिएको आयोजकले जनाएको छ ।
  • प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको कल्याण माविले १५ हजार रुपैयाँ पुरस्कार पाउने भएको छ ।

२६ जेठ, काठमाडौं । दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल वर्षाका कारण स्थगित भएको छ ।

हिमरश्मि र न्युटनबीच चौथो सेट चलिरहेको बेला भारी वर्षा भएपछि खेल स्थगित गर्नु परेको आयोजक एन्जल्स हार्ट माविका प्रिन्सिपल धनबहादुर पुनले जनाएका छन् ।

‘बेस्ट अफ फाइभ’ को फाइनलमा सुरुको दुई सेट हिमरश्मिले जितेको थियो । तेस्रो सेट न्युटनले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा हिमरश्मि १३–७ ले अगाडि रहेको अवस्थामा भारी वर्षा भएको थियो । पानी रहँदा पनि मैदानको अवस्था खेल्न योग्य नभएपछि खेल स्थगित गर्नु परेको हो ।

बुधबार न्युटन टोली यु–१९ भलिबल प्रतियोगिता खेल्न बुटवल जाने भएकाले फाइनल खेलको मिति पछि प्राविधिक कमिटीसँग बैठक बसेर टुंगो लगाउने एन्जल्स हार्टका भाइस प्रिन्सिपल दिलबहादुर बुढाथोकीले बताए । फाइनल पुनः सुरुकै अवस्थाबाट खेलाइने आयोजकले जनाएको छ ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा कल्याण मावि तेस्रो भयो ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् ।

उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ ।

एन्जल्स हार्ट भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय