+

टाइम्स र इन्जिनिएरिङ नखिपोट खुला बास्केटबलको क्वाटरफाइनलमा

२०८३ जेठ  २६ गते २१:२६ २०८३ जेठ २६ गते २१:२६
टाइम्स र इन्जिनिएरिङ नखिपोट खुला बास्केटबलको क्वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ टाइम्स र इन्जिनियरिङ टोली क्वार्टरफाइनलमा प्रवेश गरे ।
  • मङ्गलबार भएको खेलमा टाइम्सले एलाइटलाई ७९–५१ तथा इन्जिनियरिङले रोयल्सलाई ५४–४८ अङ्कले पराजित गरे ।
  • महिलातर्फ बलर्सले एनसीसीएसलाई ३३–११ अङ्कले पाखा लगाउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो ।

२६ जेठ, काठमाडौं । टाइम्स र इन्जिनिएरिङ पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा टाइम्सले एलाइटलाई ७९–५१ ले पराजित गर्‍यो । टाइम्सका कुशल शाक्यले १४ अंक जोडे ।

पहिलो क्वाटरमा २२–११ को अग्रता लिएको टाइम्स दोश्रोमा १४–१५ को झीनो अन्तरले पछि पर्‍यो । टाइम्सले तेश्रोमा २१–१३ र चौथोमा २२–१२ को अग्रता बनाउदै जित अन्तर फराकिलो बनायो ।

इन्जिनिएरिङले रोयल्सलाई अत्तिरिक्त समयमा ५४–४८ ले हरायो । निर्धारित समयको खेलमा ४६–४६ को बराबरीमा सकिएको थियो । थप गरिएको समयमा इन्जिनिएरिङले ८ तथा रोयल्सले २ स्कोर गरे । इन्जिनिएरिङका समिर उप्रेतीले २० अंक बटुले ।

महिलामा बलर्सले एनसीसीएसलाई ३३–११ ले पाखा लगायो । बलर्सकी जेसिका लामाले १३ अंक जोडिन् । दुई खेलमा बलर्सको यो पहिलो जित हो । यो समूहमा बलर्स र एनसीसीएससहित ३ टिम छन् ।

एक खेल खेल्न बाँकी ट्रेनिङ ग्राउन्डले पहिलो खेलमा जित दर्ता गरेको थियो । एनसीसीएसको पहिलो खेल हो । तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।

नखिपोट खुला बास्केटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय