0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १३:१९

काठमाडौँ । सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३ को आयोजना हुने भएको छ ।

सांस्कृतिक संस्थानले प्रतियोगी तथा पत्रकार समक्ष विशेष भेटघाट कार्यक्रमको आयोजना गरी सोबारे जानकारी दिएको हो । प्रतियोगिता असार ३, ४ र ५ गते सांस्कृतिक संस्थानको मेगाहल, जमलमा आयोजना गरिने संस्थानका महाप्रबन्धक किरणबाबू पुनले जानकारी दिए ।

उनले भने, ‘सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा हामीले पहिलो पटक राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना गर्दैछौँ । यो आफैँमा खुसीको कुरो हो ।’

उक्त प्रतियोगितामा २५ वटा समूहको सहभागिता रहने तथा असार ५ गते वार्षिकोत्सवका दिन पुरस्कार वितरणसहित सम्मान गरिने महाप्रबन्धक पुनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?