0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

इप्पानमा विवाद

इप्पान उपमहासचिव दुलालले अध्यक्ष कार्कीद्वारा जारी विज्ञप्तिप्रति ‘गम्भीर ध्यानाकर्षण’ जनाउँदै संस्थागत निर्णय कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १५:१४

२७ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) भित्र आगामी २४औं वार्षिक साधारणसभा तथा निर्वाचनलाई लिएर नेतृत्व तहमा विवाद चर्किएको छ ।

इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले अध्यक्ष गणेश कार्कीले जारी गरेको प्रेस विज्ञप्तिप्रति ‘गम्भीर ध्यानाकर्षण’ जनाउँदै संस्थागत निर्णय कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

दुलालले जारी गरेको विज्ञप्तिमा २३औं साधारणसभाले पारित गरेको विधान संशोधन तथा संस्थालाई महासंघमा रूपान्तरण गर्ने निर्णय अझै कार्यान्वयन नभई सोही निर्णय बेवास्ता गर्दै २४औं साधारणसभामा निर्वाचन प्रक्रिया अघि बढाउन खोजिएको दाबी गरिएको छ ।

उनका अनुसार २१औं साधारणसभाले भानुभक्त पोखरेल संयोजकत्वमा गठन गरेको विधान संशोधन तथा पुनर्लेखन समितिले तयार पारेको प्रतिवेदन २३औं साधारणसभाले सर्वसम्मत अनुमोदन गरेको थियो ।

सोही सभाले संस्थालाई ६ महिनाभित्र महासंघमा रूपान्तरण गर्ने र त्यसपछि नयाँ संरचनामा अधिवेशन गर्ने निर्णय समेत गरेको उल्लेख छ ।

दुलालले साधारणसभाबाट पारित निर्णय कार्यसमितिको बैठकले उल्ट्याउन नपाउने भन्दै त्यसलाई कार्यान्वयन नगरी निर्वाचनमा जानु ‘विधान विपरीत र कानुनी रूपमा विवादास्पद’ हुने दाबी गरेका छन् । उनले यस्तो अभ्यासले साधारणसभाको अधिकारमाथि हस्तक्षेप हुने टिप्पणी समेत गरेका छन् ।

अध्यक्ष गणेश कार्कीले यसअघि जारी गरेको प्रेस विज्ञप्तिले विधान संशोधन प्रक्रिया पूरा भइसकेको र कार्यसमितिलाई आवश्यक अधिकार प्राप्त भइसकेको उल्लेख गरिएको दुलालले जनाएका छन् । तर, उनले सोही विज्ञप्तिमै विधान मस्यौदा सुरक्षित रहेको उल्लेख हुनु र कार्यान्वयन नभएको स्वीकार गरिएको जस्तो देखिनु आफैंमा विरोधाभास भएको तर्क गरेका छन् ।

दुलालले २५ जेठ २०८३ मा सम्पन्न कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था अन्त्य गर्ने प्रस्ताव समेत पारित गरेको विषयप्रति पनि आपत्ति जनाएका छन् ।

उनका अनुसार यसरी विधान संशोधनअघि नै निर्वाचन प्रक्रिया अघि बढाउनु संस्थागत सुशासन विपरीत हो ।

साधारणसभाले पारित गरेका निर्णय कार्यान्वयन गर्नु सबै सदस्यको दायित्व भएको भन्दै उनले त्यसको कार्यान्वयन मार्फत मात्र संस्थामा सुशासन कायम हुने र संस्थाको विश्वसनीयता बढ्ने बताए ।

यअसघि अध्यक्ष कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै उपमहासचिव दुलालले सार्वजनिक रूपमा विधान गायब भएको, विधान विपरीत साधारणसभा आयोजना गर्न लागिएको जस्ता अनर्गल र कपोलकल्पित प्रचार गरेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?