0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुनका गहना चोरी आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १६:३०

२७ जेठ, काठमाडौं । सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–११ घर भएका १७ वर्षीय किशोर र झापाको दमक नगरपालिका–६ घर भएका ४८ वर्षीय मनोज विश्वकर्मा छन् ।

किशोर चोरीमा र मनोज चोरीको सुन किनेको आरोपमा पक्राउ परेका हुन् । मनोज सुन पसल सञ्चाल समेत हुन् । उनीहरुलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो ।

किशोरले कटारी नगरपालिका–३ मा सानुमाया तामाङको घरबाट सुनका गरगहना चोरी गरेको आरोप छ । नगद २ लाख ५० हजार र सुनका १८ लाखका गरगहना गरी २० लाख ५० हजारको चोरी भएको बताइएको छ ।

चोरी गरेर काठमाडौं आएका ती किशोर र सुन किन्ने दुबैलाई कटारी पठाइएको प्रहरीले बताएको छ । उनीहरुबाट प्रहरीले सुनका चुरा ६ थान पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?