0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

डाँका चोरी मुद्दाका फरार व्यक्ति समातिए

डाँका चोरी मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंबाट डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू हिमाल बज्र लामा र ज्ञानु बललाई प्रहरीले पक्राउ गरेको छ ।
  • उनीहरूमाथि रौतहटमा ११ लाख ८३ हजार रुपैयाँ डाँका चोरी गरेको आरोप लागेको छ ।
  • पक्राउ परेकामध्ये ज्ञानु बलविरुद्ध मकवानपुरमा बलात्कारको जाहेरीसमेत परेको प्रहरीले जनाएको छ ।

२८ जेठ, काठमाडौं । डाँका चोरी मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ३२ वर्षीय हिमाल बज्र लामा र मकवानपुरको मनोहरी गाउँपालिका–३ का ५१ वर्षीय ज्ञानु बल छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यो समूहले १३ वैशाख २०८३ मा रौतहटमा एक व्यक्तिको ११ लाख ८३ हजार डाँका चोरी गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई रौतहट पठाइएको छ ।

पक्राउ परेकामध्ये बलविरुद्ध मकवानपुरमा बलात्कार जाहेरी परेको समेत पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?