News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ मा रहेको ठाँकुर क्षेत्रमा वर्षायाम सुरु भएसँगै ढोरपाटनका गोठालाहरू भैँसी लिएर पुगेका छन् ।
- समुद्र सतहदेखि चार हजार मिटर उचाइमा रहेको यो फराकिलो चौरमा भैँसी चरिचरन गर्ने परम्परागत गोठालो जीवनशैली अझै जीवितै छ ।
- प्राकृतिक सौन्दर्य र प्राचीन मौलिक जीवनशैली झल्किने यो ठाँकुर क्षेत्र रुकुमपूर्वको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।
२९ जेठ, रुकुमपूर्व । समुद्र सतहदेखि चार हजार मिटर उचाइमा रहेको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–५ मा रहेको ठाँकुरमा निकै मनमोहक छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाँकुरका विशाल हरिया चौरमा यतिबेला यत्रतत्र भैँसीका बथान भेटिन्छन् । वर्षायाम सुरु भएसँगै ढोरपाटन क्षेत्रका गोठालाहरू भैँसी लिएर ठाँकुर पुगेका छन् ।
घना जंगल र अग्ला हिमाली पहाडको काखमा फैलिएको यो चौर भैँसी र गोठालाहरूका लागि अस्थायी वासस्थान पनि हो ।

अन्यत्र आधुनिक जीवनशैलीको प्रभाव बढ्दै गए पनि ढोरपाटनका यी पुस्तैनी गोठालाहरूले आफ्नो परम्परा त्यागेका छैनन् ।
यसैले त ठाँकुरको यो फराकिलो चौरमा अहिले पनि भरिभराउ भैँसीले चरिचरन गरिरहेका छन् ।
सँगैमा त्यहाँको वातावरण, गोठालाहरूको दैनिकी र पृष्ठभूमिमा उभिएका पुथा हिमाल छोपेका हरिया पहाडहरूले यहाँको दृश्यलाई अनुपम बनाएका छन् ।
जसले प्राकृतिक सौन्दर्यसँगै प्राचीन मौलिक जीवनशैलीको झल्को दिन्छ । यो क्षेत्र रुकुमपूर्वको प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।
तस्वीरहरू :









प्रतिक्रिया 4