News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को उद्घाटन खेलम} तीन खेलाडीलाई ारतो कार्ड देखाइएको छ ।
- खेलका क्रममा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक गरी जम्मा तीन खेलाडीले रातो कार्ड पाएका छन् ।
- दक्षिण अफ्रिकाका सेफेलो सिथोल र थेम्बा ज्वाने तथा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाएका हुन् ।
२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै ३ खेलाडीले रातो कार्ड पाएका छन् ।
मेक्सिकोको एज्टेक रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गर्दा ३ खेलाडीले रातो कार्ड सामना गर्दै मैदान छाडे । उक्त खेलमा मेक्सिकोको एउटा र दक्षिण अफ्रिकाका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड खाँदै मैदानबाट निस्किए । त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाडे ।
समूह ए मा सहज जितपछि मेक्सिकोले ३ अंक जोडेको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।
प्रतिक्रिया 4